logoशुक्रबार, २६ भाद्र २०८३

बालकुमारीस्थित न्यू फ्यामिली गर्ल्स होस्टेललाई ३ लाख जरिवाना

Author
Loading...
समाचार

0

Shares

बालकुमारीस्थित न्यू फ्यामिली गर्ल्स होस्टेललाई  ३ लाख जरिवाना

काठमाडौं, भदौ ४ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीमार्फत काठमाडौं महानगरपालिका–३२, बालकुमारीस्थित न्यू फ्यामिली गर्ल्स होस्टेल मा अनुगमन तथा निरीक्षण गरी आवश्यक कारबाही गरेको छ।

 

विभागका अनुसार भदौ २ गते गरिएको संयुक्त अनुगमनका क्रममा होस्टेलको सरसफाइको अवस्था सन्तोषजनक नरहेको, भान्सा अव्यवस्थित रहेको तथा शाकाहारी र मांसाहारी खाद्य पदार्थ सँगै काट्ने तथा पकाउने गरेको पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो  ।

त्यसैगरी, भण्डारण कक्षमा झिंगा तथा भुसुना भेटिनुका साथै भण्डारण व्यवस्था अव्यवस्थित रहेको र कीट नियन्त्रणको उचित व्यवस्था नभएको पाइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा होस्टेल दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु. ३ लाख जरिवाना गरेको छ।

यस्तै, होस्टेलको अवस्था अव्यवस्थित हुनुका साथै भवन जीर्ण अवस्थामा रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उक्त होस्टेल बन्द गरेको विभागले जनाएको छ।

संयुक्त अनुगमनका क्रममा उक्त एक वटा खाद्य व्यवसाय को निरीक्षण गरिएको थियो। विभागले खाद्य व्यवसाय तथा संस्थागत भोजनालयहरूमा खाद्य स्वच्छता, उचित भण्डारण तथा व्यक्तिगत र वातावरणीय सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरेको छ।


 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave