logoशुक्रबार, २६ भाद्र २०८३

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई थप परिणाममुखी र किसानमैत्री बनाउन जोड

Author
Loading...
समाचार

0

Shares

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई  थप परिणाममुखी र किसानमैत्री बनाउन जोड

काठमाडौँ,  असार १९। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई केवल अनुदान वितरणमा सीमित नराखी किसानको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने परिणाममुखी कार्यक्रमका रूपमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

सोमबार कार्यक्रमको समीक्षा बैठकमा मन्त्री चौधरीले १० वर्षमा वित्तीय प्रगति ७०.२५ प्रतिशत रहेको र गत आर्थिक वर्ष २०८२/८३ मा करिब ८३ प्रतिशत बजेट खर्च भएको उल्लेख गर्दै चालु आर्थिक वर्षमा शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

उहाँले तरकारी, केरा, सुन्तलाजात फलफूल, माछा, अलैंची तथा मसला बालीमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक योगदान दिएको उल्लेख गर्दै अब कार्यक्रमलाई किसानमुखी, पारदर्शी र प्रभावकारी बनाइने बताउनु भएको छ ।

 

मन्त्री चौधरीले चालु आर्थिक वर्षमै कार्याक्रमको पुनर्संरचना गरी विश्वविद्यालय तथा स्थानीय तहसँगको सहकार्य सुदृढ गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउने गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। साथै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ रहेको छ ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave