logoशुक्रबार, २९ जेठ २०८३

न्यूनस्तर पाइयो डाबरको मह

तत्काल बजारबाट फिर्ता गर्न निर्देशन

Author
Loading...
समाचार

0

Shares

न्यूनस्तर पाइयो डाबरको मह

काठमाडौं, २०८३ जेठ ७ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले न्यूनस्तर पाइएको भन्दै डाबर ब्रान्डको मह बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ।

विभागद्वारा मंगलबार प्रकाशित “खाद्य पदार्थ फिर्ता सम्बन्धि आदेश” अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको महको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तर पाइएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याच नम्बरका सम्पूर्ण मह तत्काल बजारबाट फिर्ता गर्न तथा दफा ३८(४) अनुसार बिक्री वितरण नगर्न/नगराउन महानिर्देशकको निर्देशनमा सम्बन्धित उत्पादकलाई आदेश जारी गरिएको विभागले जनाएको छ।

विभागका अनुसार ५०० ग्रामको महको ब्याच नम्बर NB00477 रहेको छ। उक्त उत्पादनको उत्पादन मिति  २०२५।१२ रहेको तथा उपभोग्य अवधि १८ महिना उल्लेख गरिएको छ।

उक्त मह डाबर नेपाल प्रा. लि. द्वारा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा उत्पादन गरिएको विभागले जनाएको छ।

विभागले उपभोक्तालाई उक्त ब्याच नम्बरको मह खरिद तथा उपभोग नगर्न आग्रह गर्दै बजारमा रहेको सम्पूर्ण परिमाण तत्काल फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave