logoबिहिबार, १० बैशाख २०८३

अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन

Author
Loading...
पशुपन्छी र मत्स्य

0

Shares

अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन

काठमाडौं, चैत ३ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गास माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

कृषि तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाली कृषि उत्पादनलाई प्राथमिकता दिन र खाद्य स्वच्छतामा विशेष ध्यान दिन यसअघि सातै प्रदेश तथा सम्बन्धित निकायलाई दिएको निर्देशनअनुसार भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गास माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न उक्त निर्देशन दिइएको हो।

विभागले मोरङ, सुनसरी र झापा जिल्लाका माछापालक किसान तथा व्यवसायीहरूको गुनासोका आधारमा भारतबाट अवैध रूपमा पङ्गास लगायत अन्य माछा नेपाल भित्रिने क्रम बढेको जनाएको छ।

सुनसरीको अमडुवा फार्म, सिक्ती बोर्डर; मोरङका दुमरिया, धनपालथान, मिल्स एरिया, हुलास मेटल क्षेत्र; तथा झापाका बलुवागढी र काँकडभिट्टा नाकाबाट माछा भित्र्याइएको पाइएको छ। ती माछा विराटनगर, इटहरी, इनरुवा, धरान लगायतका बजारमा खुलेआम बिक्री भइरहेको गुनासो विभागले जनाएको छ।

पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टा तथा विराटनगरलाई स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरोकारवाला निकायसँग समन्वय गरी यथार्थ अवस्था अध्ययन तथा स्थलगत अनुगमन गर्न निर्देशन दिइएको छ। साथै, सो सम्बन्धी प्रतिवेदन ३ दिनभित्र पेश गर्न पनि भनिएको छ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave