logoमंगलबार, १५ बैशाख २०८३

कालीमाटी बजारमा अनियमितता फेला, कडाइ गर्ने चेतावनी

Author
Loading...
समाचार

0

Shares

कालीमाटी बजारमा अनियमितता फेला, कडाइ गर्ने चेतावनी

काठमाडौँ, चैत्र २६। कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गिता चौधरीले अव्यवस्थित बन्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गर्नुभएको छ ।

 

बजार व्यवस्थापनमा कमजोरीबारे गुनासो आएपछि उहाँले बिहीबार बिहानै बजार पुगेर अनुगमन गर्नु भएको हो । बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको छ । साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।

 

मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बर लगायतका पसलहरूमा निरीक्षण गर्दा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ । कतिपय स्थानमा एकै दर्तामा दुईदेखि तीन जनाले व्यवसाय सञ्चालन गरेको समेत भेटिएको छ ।

 

त्यस्तै, माछा पसलहरूमा पनि उस्तै प्रवृत्ति देखिएको छ । मन्त्री चौधरीले २४, १३ ‘ख’, ११ ‘क’, १०, ११, १० ‘ख’ नम्बरका माछा पसलहरूको निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा चार जना व्यापारीले आपूर्तिकर्ताबाट ल्याइएको माछा सोही बजारमा थोक रूपमा बिक्री गर्ने क्रममा बिलविजकमा अनियमितता प्रयोग गरेको पाइएको छ ।

मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका अनियमितता तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ । साथै, उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्ने गतिविधि कडाइका साथ नियन्त्रण गरिने चेतावनीसमेत दिनु भएको छ ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave