
काक्रो फर्सीका जातका बालीमा लाग्ने पाउडरी मिल्ड्यूको लक्षण तथा व्यवस्थापन कसरी गर्ने?
लक्षणहरु:
पातमा सेतो खरानी जस्तो लक्षण देखा पर्दछ। ज्यादा प्रकोप भएमा डाँठमा समेत सो लक्षण देखापरी पातहरु सुक्न थाल्दछन् ।
व्यवस्थापन विधि
· खेतबारी सफा राख्न रोग लागेको पातहरु र झारहरु नष्ट गर्ने
· दुइ भाग चुन एक भाग गन्धक (सल्फर)को धुलो मिसाएर मलमलको कपडामा पोको पारेर राम्ररी छर्ने ।
· अथवा डिनोक्याब ४८% इसी ०.५ देखी १ मिलि प्रतिलिटर पानीमा मिसाएर पातहरु राम्रोसँग भिज्ने गरी छर्कने ।
· अथवा कार्वेन्डाजिम ५०% डब्लु पी १ ग्राम प्रतिलिटर पानीमा वा सल्फर ८०% डब्लु जी २.५ ग्राम प्रति लिटर पानीमा
· अथवा थायोयानेट मिथाइल ७० % डब्लु पी १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्कने ।
