logoशनिबार, ३० फाल्गुन २०८२

चितवन राष्ट्रिय निकुञ्जभित्र नियन्त्रित डढेलो लगाउन सुरु

Author
Loading...
समाचार

0

Shares

चितवन राष्ट्रिय निकुञ्जभित्र  नियन्त्रित डढेलो लगाउन सुरु

चितवन, फागुन २१ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ । हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । क्रमशः अन्य क्षेत्रहरुमा नियन्तित्र डढेलो लगाइनेछ ।

उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी खटिएका छन् । सूचना अधिारी मगरले भन्नुभयो, “नियन्त्रित डढेलो लगाएपछि ठूलो डढेलोको सम्भावना टर्छ ।” यसले वन र वन्यजन्तुमा ठूलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । नियन्त्रित डढेलो लगाउन निकुञ्जका घाँसे मैदानमा एक महिना लाग्ने उहाँले जानकारी दिनुभयो । घाँसे मैदानलाई खण्ड खण्ड बनाएर डढेलो लगाइन्छ। रासस

 

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave