logoसोमबार, २५ फाल्गुन २०८२

डेरी उद्योगलाई जरिबाना

Author
Loading...
पशुपन्छी र मत्स्य

0

Shares

डेरी उद्योगलाई जरिबाना

काठमाडौँ, फागुन १४ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर नगरपालिका–९, अत्तरखेलको भगवती डेरी उद्योगको अनुगमन गरी २० हजार रुपियाँ जरिबाना गरेको छ । 

उक्त डेरी उद्योगको अनुगमनका दर्ता नवीकरण नगरी दुग्धजन्य उद्योग सञ्चालन गर्दै आएको फेला पारेपछि विभागको टोलीले सो बराबरको रकम जरिबाना गरेको जनाएको हो । 

विभागको अनुगमन टोलीले गएको सातादेखि नै निर्वाचनलक्षित अनुगमन गर्दै आएको छ । निर्वाचनका बेलामा नियमनकारी निकायको निर्वाचनतिर बढी केन्द्रित हुँदा बजारमा म्याद नाघेका वस्तु बजारमा बिक्री हुन सक्ने भन्दै अनुगमलाई तीव्र पार्दै आएको विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विभागको अनुगमन टोलीले बुधबार उक्त डेरी उद्योगसहित १२ वटा खाद्य किराना, डेरी उद्योग, होटेल रेस्टुरेन्टको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही न केही कैफियत देखिएपछि सुधारको निर्देशन दिएको छ । गोरखापत्र


0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave