logoशनिबार, ३० फाल्गुन २०८२

एभोकाडोमा खटिराजन्य रोगको समस्या

Author
Loading...
समाचार

0

Shares

एभोकाडोमा खटिराजन्य रोगको समस्या

चितवन, फागुन १२ । जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोगको सङ्क्रमण देखिएको हो । उहाँले भन्नुभयो “अहिले यो रोगको समस्या देखिएको छ । हामीले परीक्षणका लागि पठाएका छौँ ।”


उहाँले भन्नुभयो “चितवनमा पहिलो पटक यो रोगको समस्या देखिएको हो ।” यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने गर्दछ । माटो र पानीबाट जीवाणु सर्ने गर्दछन् ।

उहाँका अनुसार यो रोग लागेको बोटमा हाँगा मर्न लागेको जस्तो देखिने, पछि बुटै मर्ने जस्तो समस्या आउने गर्दछ । बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पुग्ने गरी सिँचाइ नगर्न, बोटमा घाउँ खटिरा देखिएमा बोडोपेष्ट लगाउन उहाँले सुझाव दिनुभयो । बागवानी विकास अधिकृत चौहानले भन्नुभयो “बगैँचा सरसफाइमा ध्यान दिने, घाउचोट कम लगाउने, सिँचाइमा ध्यान दिने जस्ता कार्य गर्न सके यो रोगबाट बगैँचालाई जोगाउन सकिने छ ।” रोग देखिएमा ढुसिनासक औषधिको प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

जिल्लामा अहिले ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोगाडो खेती गरिँदै आइएको छ । उहाँका अनुसार सो क्षेत्रफलमा ५१ मेट्रिकटन एभोगाडो उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । विगत केही वर्षदेखि चितवनमा यो खेती हुन थालेको हो । – रासस

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave