logoशनिबार, ३० फाल्गुन २०८२

भरतपुरमा माटो परीक्षण शिविर: वैज्ञानिक खेतीतर्फ किसानको अग्रसरता

Author
Loading...
समाचार

0

Shares

भरतपुरमा माटो परीक्षण शिविर: वैज्ञानिक खेतीतर्फ किसानको अग्रसरता

चितवन, फाल्गुन ७  उर्वर माटो, समृद्ध किसान” भन्ने मूल नाराका साथ फ्रन्टियर अफ एग्रिकल्चरल रिसर्च एण्ड मेन्टरशिप – फार्म) द्वारा आयोजना गरिएको माटो शिविर कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा सह–आयोजकका रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालय (ए.एफ्.यू.) को अनुसन्धान तथा प्रसार निर्देशनालय तथा सहभागिता रहेको थियो भने भरतपुर महानगरपालिका वडा नं. ६ ले सहकार्य गरेको थियो।

कार्यक्रममा करिब २५ जना किसानहरूको सक्रिय सहभागिता रहेको थियो। शिविरको अध्यक्षता फार्म, ए.एफ्.यू. का अध्यक्ष सुजन लामिछानेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिका वडा नं. ६ का वडा सदस्य रुद्र आचार्य उपस्थित हुनुभएको थियो।

शिविरका स्रोत व्यक्तिहरू सिमा रिजाल र गुञ्जन गिरीले किसानहरूलाई माटो परीक्षणको महत्व, माटोको उर्वराशक्ति कायम राख्ने उपाय, सन्तुलित मल व्यवस्थापन तथा दिगो खेती प्रणालीबारे विस्तृत जानकारी दिनुभएको थियो।

किसानहरूले आफ्ना खेतबाट ल्याइएको माटो नमुना परीक्षण गराई सोही आधारमा परीक्षण प्रतिवेदन समेत प्राप्त गरेका थिए। प्राप्त नतिजाअनुसार उपयुक्त मलको मात्रा निर्धारण गर्ने तरिकाबारे पनि प्राविधिक जानकारी प्रदान गरिएको थियो।

वक्ताहरूले नेपालको कृषि उत्पादन वृद्धि गर्न माटोको स्वास्थ्य संरक्षण अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै वैज्ञानिक विधिबाट मलखाद प्रयोग गर्न किसानहरूलाई आग्रह गर्नुभयो। माटो परीक्षणको आधारमा खेती गर्दा उत्पादन लागत घट्ने, उत्पादन बढ्ने र किसानहरूको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने कुरामा जोड दिइएको थियो।

सहभागी किसानहरूले वैज्ञानिक मलखाद प्रयोगसम्बन्धी उपयोगी जानकारी प्राप्त भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्राविधिक तथा सहयोगमूलक शिविरहरू निरन्तर सञ्चालन गर्न आयोजकसँग अनुरोध गरेका छन्।

माटोको स्वास्थ्य जोगाउनु नै कृषिको भविष्य जोगाउनु हो” भन्ने सन्देशसहित कार्यक्रम समापन गर्दै आयोजकले वैज्ञानिक खेती प्रणालीमार्फत उत्पादन वृद्धि र किसानको जीवनस्तर उकास्न यस्ता शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave