logoसोमबार, २५ फाल्गुन २०८२

खोरेत रोग कसरी नियन्त्रण तथा रोकथाम गर्ने?

Author
Loading...
कृषि प्रविधि

0

Shares

खोरेत रोग कसरी नियन्त्रण तथा रोकथाम गर्ने?

खोरेत रोग के हो?

गाई, भैंसी, भेडा, बाख्रा, याक, बंगुर लगायत खुरफट्टा पशुमा लाग्ने रोग
• Picornaviridae
समूहको Apthovirus ले हुने
रोग सर्ने दर १००% सम्म
मृत्युदर:
बयस्क पशु: १–५%
बच्चा पशु: २०% सम्म
नेपालमा हाल O सिरोटाइप बढी देखिन्छ
दूध उत्पादन र पशु उत्पादनमा ठूलो आर्थिक क्षति

रोग सर्ने तरिका

संक्रमित पशुको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कबाट
मानिस (कामदार, आगन्तुक) को माध्यमबाट
संक्रमित दानापानी, लत्ताकपडा, गोठका सामग्रीबाट
संक्रमित मासु तथा मासुजन्य पदार्थबाट
दुषित हावाबाट समेत सर्न सक्ने

प्रमुख लक्षणहरू

ज्वरो आउने, धेरै र्‍याल आउने, लङ्गडाउने
थुतुनो, जिब्रो, खुरको काप र थुनमा पानीजस्ता फोका
दुधालु पशुमा दूध उत्पादन घट्ने
गर्भ तुहिन सक्ने
साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठी मर्न सक्ने । ठोस उपचार छैन!

लक्षण अनुसार सहायक उपचार मात्र सम्भव

 

सहायक उपचार

घाउ पोटासियम परम्यागनेट वा निलो तुथोको झोलले सफा गर्ने
गम्भीर अवस्थामा पशु चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने

 

नियन्त्रण तथा रोकथामका उपायहरू

रोगी पशु तुरुन्त बथानबाट अलग राख्ने
बाहिरबाट ल्याएको पशु सीधै बथानमा नमिसाउने
गोठ, खोर, सवारी साधन र सामग्री नियमित सरसफाइ गर्ने
गोठमा अनावश्यक मानिसको आवतजावत रोक्ने
मरेका पशु गहिरो खाल्टोमा गाड्ने
पशु आवतजावतमा कडाइ र क्वारेन्टाइन पालना
रोग देखिनुअघि नै नियमित खोप लगाउने

शंका लागेमा तुरुन्त पशु सेवा कार्यालयमा खबर गर्नुहोस्! सचेत बनौं – रोग फैलिन नदिऔं!


 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave