logoशनिबार, ३० फाल्गुन २०८२

चौँरी प्रवर्द्धनमा किसानलाई अनुदान

Author
Loading...
समाचार

0

Shares

चौँरी प्रवर्द्धनमा किसानलाई अनुदान

ताप्लेजुङ, माघ २८ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले याक, चौँरी, नाक तथा छुर्पी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाले याक, चौँरी र नाक पालन गर्ने तथा छुर्पी उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।

गाउँपालिकाले वडा नम्बर ६ लेलेप र वडा नम्बर ७ ओलाङ्चुङगोलामा याक, नाक, चौँरी तथा छुर्पी प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्थानीय किसान आबद्ध रहेका फर्म तथा संस्थामार्फत कार्यक्रम कार्यान्वयन सुरु गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार कार्यक्रमका लागि लेलेप र ओलाङ्चुङगोलाका दुईवटा फर्म छनोट भएका छन् । छनोट हुनेमा घुन्सा याक तथा चौँरी फर्म र फक्ताङ्लुङ चौँरीपालन फर्म रहेको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले जानकारी दिनुभयो ।

उहाँका अनुसार छुर्पी प्रवर्द्धन कार्यक्रम कार्यान्वयनका लागि ओलाङ्चुङगोला कृषि तथा याक पालन फर्म छनोट भएको छ । याक, नाक र चौँरी प्रवर्द्धनका लागि प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपियाँ बजेट किसानलाई उपलब्ध गराइने छ । छुर्पी प्रवर्द्धनतर्फ भने सङ्घीय सरकारबाट प्राप्त सात लाख रुपियाँ अनुदान रकम किसानले पाउने छन् ।

गाउँपालिकाले उपलब्ध गराएको अनुदानमा किसानले ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने छ । हिमाली भेगमा याक र चौँरी पालन गरेर जीविकोपार्जन गर्दै आएका किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । पशुपालन व्यवसायबाट स्थानीयको आम्दानी बढाउन यसले सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको हिमाली भेग लेलेपको घुन्सा, ओलाङ्चुङगोला र याङ्माका बासिन्दाको मुख्य पेसा याक र चौँरी पालन हो । जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा चार हजार २०० मिटर उचाइमा रहेको छ भने घुन्सा तीन हजार ४७५ मिटर र ओलाङ्चुङगोला तीन हजार २०० मिटर उचाइमा अवस्थित छन् । गोरखापत्र

 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave