logoशनिबार, ३० फाल्गुन २०८२

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

Author
Loading...
समाचार

0

Shares

पर्वतको फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत, माघ २१ । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।

फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका गहुँ र लुम्ले–१ नामको तोरीको बीउको उत्पादन थालिएको हो । स्थानीय शक्ति कृषि फार्मको मूल संयोजनमा १५ जना किसानको सहभागितामा बीउ उत्पादन भइरहेको अगुवा किसान रमेश चापागाईँले राससलाई जानकारी दिनुभयो ।

सात कुरिया र चौबीस कुरिया फाँटमा २०० रोपनीमा लुम्ले–१ तोरीको मूलबीउको खेती भइरहेको छ । अन्य क्षेत्रमा हिउँदे आलु, केराउ,तथा मुसुरो लगाइएको छ । हिउँदमा पहाडी भेगमा लगाउन सकिने जातका आठ प्रजातिको गहुँमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो । रासस

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave