logoमंगलबार, ०६ माघ २०८२

खुमलटारमा हुने राष्ट्रिय सम्मेलनमा सुगन्धिकाको सहभागिता

Author
Loading...
विविध

0

Shares

खुमलटारमा हुने राष्ट्रिय सम्मेलनमा सुगन्धिकाको सहभागिता

ललितपुर, माघ ५ । ललितपुरको खुमलटारमा आयोजना हुने आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन” मा नवप्रवर्तनशील नेपाली स्टार्टअप सुगन्धिका को सहभागिता रहने भएको छ।

सम्मेलनको कृषि जैविक विविधता  विषयवस्तु अन्तर्गत सुगन्धिकाले आफ्ना प्राकृतिक तथा जडीबुटीजन्य तेलमा आधारित उत्पादनहरू प्रस्तुत गर्नेछ।

सुगन्धिका कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा सञ्चालित एएफयू व्यवसाय इन्क्युवेशन सहायता कार्यक्रम अन्तर्गत वीउ पूँजी प्राप्त गर्न सफल स्टार्टअप हो। यसले स्थानीय जैविक स्रोतको प्रयोग गर्दै वातावरणमैत्री तथा दिगो उत्पादन विकास गर्दै आएको छ।

सम्मेलनमा विशेष रूपमा सुगन्धिकाको अरोमा” नामक उत्पादन प्रदर्शनी गरिनेछ। ल्याभेन्डरको प्राकृतिक तेलबाट तयार गरिएको उक्त क्रिम जाडोयाममा फुटेका हात, खुट्टा तथा ओठको हेरचाहका लागि प्राकृतिक विकल्पका रूपमा प्रयोग हुँदै आएको छ।

यसअघि सुगन्धिकाका संस्थापक पुष्कर पन्त थाइल्यान्डमा आयोजित एशिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलपमेन्ट - युथ फोरम २०२५ मा सहभागी भई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गरिसकेका छन्।

आगामी सम्मेलनमा सुगन्धिकाको सहभागिताले कृषि जैविक विविधताको संरक्षण, स्थानीय स्रोतको मूल्य अभिवृद्धि तथा नवप्रवर्तनशील उद्यमशीलताको प्रवर्द्धनमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। 

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave