logoमंगलबार, ०६ माघ २०८२

न्यूनस्तरको २ हजार ५ सयभन्दा बढी प्याकेट दालमोठ नष्ट

Author
Loading...
समाचार

0

Shares

न्यूनस्तरको २ हजार ५ सयभन्दा बढी प्याकेट दालमोठ नष्ट

 काठमाडौँ, पौष २७ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ मा रहेको महालक्ष्मी दालमोठ उद्योगबाट उत्पादित न्यूनस्तरको दालमोठ नष्ट गरेको छ।

विभागले मिति २०८१/०८/०५ मा उद्योगमा अनुगमन गरी ऐन बमोजिम संकलन गरिएको दालमोठको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पुष्टि भएको थियो। सोही आधारमा अर्को आदेश नभएसम्म उद्योगको सम्पूर्ण बिक्री वितरण रोक्का राखी उत्पादनसमेत बन्द गरिएको थियो।

त्यसपछि विभागले मिति २०८२/०९/११ मा आदेश जारी गर्दै २०२५/११ मा उत्पादित ०३ ब्याच नम्बरका सबै मिक्स दालमोठ (भालेश्वोर ब्रान्ड, ६०० ग्राम) बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो।

उक्त आदेशअनुसार मिति २०८२/०९/१८ गते स्थानीय जनप्रतिनिधिको रोहबरमा उद्योगमा रोक्का राखिएका १०२ बोरा दालमोठ (प्रति बोरा २५ प्याकेट) र उद्योगले स्वयं रिकल गरी राखेको १ बोरा २३ प्याकेट गरी जम्मा १०३ बोरा र २३ प्याकेट, कुल २ हजार ५ सय ९८ प्याकेट दालमोठ नष्ट गरिएको विभागका प्रवक्ता डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो।

नष्ट गरिएको दालमोठको अनुमानित मूल्य ५ लाख १९ हजार ६ सय रुपैयाँ बराबर रहेको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई थप प्रभावकारी बनाइने विभागले स्पष्ट पारेको छ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave