logoमंगलबार, ०६ माघ २०८२

लुम्लेमा कृषि जैविक विविधता संरक्षण र सामुदायिक बीउ बैंक सम्बन्धि तालिम

Author
Loading...
समाचार

0

Shares

लुम्लेमा कृषि जैविक विविधता संरक्षण र सामुदायिक बीउ बैंक सम्बन्धि तालिम


लुम्ले, पुष २० । लुम्लेमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको आयोजनामा तथा सामुदायिक बीउ बैंक संघ नेपालको समन्वयमा कृषि जैविक विविधता संरक्षण र सामुदायिक बीउ बैंक विषयक तीनदिने तालिम कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा सम्पन्न भएको छ।
Uploaded image
यही पुस १६ देखि १८ गतेसम्म संचालित  तालिममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरण शीर्षकअन्तर्गत संघीय सशर्त अनुदान प्राप्त २२ वटा स्थानीय तहमा कार्यरत कृषि विकास शाखाका प्रमुख तथा प्राविधिकहरूको सहभागिता रहेको थियो।
Uploaded image
सहभागिहरूले तालिमले आफूहरू कार्यरत स्थानीय तहमा सञ्चालनमा रहेका सामुदायिक बीउ बैंकहरूको सुदृढीकरण तथा नयाँ सामुदायिक बीउ बैंक स्थापना गर्न अत्यन्तै उपयोगी भएको बताएका छन्।
Uploaded image
तालिमका विभिन्न सेसनहरू बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा, वरिष्ठ माटो विज्ञ मदन मरासिनी र वरिष्ठ बाली विकास अधिकृत अमृत रेग्मीले सहजीकरण गर्नु भएको थियो। साथै गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मी र लिबर्डका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्र पौडेलले पनि विशेष सेसन लिनु भएको थियो।

तालिममा  सामुदायिक बीउ बैंक संघ नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो।

तालिमको सिकाइलाई व्यवहारिक र प्रभावकारी बनाउन सहभागिहरूलाई अन्नपूर्ण सामुदायिक बीउ बैंकको अवलोकन भ्रमणसमेत गराइएको थियो।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave