काठमाडौं, पुष १९ । यस वर्ष राष्ट्रिय कृषि जैविक विविधता दिवस “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा: संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता” भन्ने नाराका साथ मनाइने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९/१०/१२ को निर्णयअनुसार माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउने व्यवस्था गरिएको हो।
सोही निर्णयको कार्यान्वयनस्वरूप कृषि जैविक विविधता संरक्षण, उपयोग तथा प्रवर्द्धनसम्बन्धी जनचेतनामूलक, अभियानमूलक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गर्न कृषि विभागले सबै प्रदेशस्तरीय मन्त्रालय तथा स्थानीय तहहरूलाई अनुरोध गरेको छ।
सूचनामा प्रदेश तथा स्थानीय तहले कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा गतिविधिहरू आयोजना गरी दिवस मनाउनुपर्ने उल्लेख गरिएको छ।
साथै स्थानीय तह अन्तर्गतका शिक्षा क्षेत्र हेर्ने महाशाखा तथा शाखामार्फत विद्यालयस्तरमा समेत कृषि जैविक विविधतासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलद्वारा हस्ताक्षरित सूचनामा कृषि जैविक विविधता नेपालको अमूल्य सम्पदा भएकाले यसको संरक्षण, दिगो उपयोग र भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता दिवस तथा कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।