
वालिङ, कात्तिक ८ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परि वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।
४५ वर्षीय लम्सालले आफैले चलाउने क्रममा लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल पुतलीबजार नगरपालिका–१४ आम्बोटमा बिहिबार बिहान करिव ११ बजे दुर्घटनामा परेको हो ।
मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सतौंबाट पुतलीबजारको लामागेतर्फ जाँदै गर्दा दुर्घटनामा पर्नु भएका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
उहाँ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुखको रुपमा कार्यरत रहनुभएका लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा हो ।
