
काठमाडौ, असोज २६ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो।
तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिन पनि परेका छन्।
उनकी बहिनी पुष्पा जोशी र आमा पद्मा जोशी बिपिनको रिहाइका लागि इजरायलसम्म पुगेका थिए। उनको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग बिपिनको रिहाइका लागि अपिल गरेको थियो।
बिपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर छन् । नागरिक
