
चितवन, भदौ २४ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले भदौ २४ र २५ गते हुने सबै तहका नियमित, आंशिक र मौका परीक्षाहरू स्थगित गरेको छ। देशव्यापी रुपमा उत्पन्न भएको आकस्मिक परिस्थितिका कारण परीक्षा स्थगित गरिएको हो ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. मनोज कुमार शाहद्वारा हस्ताक्षरित सूचनामा भदौ २६ गतेदेखि सञ्चालन हुने सबै परीक्षा भने पूर्व प्रकाशित तालिकाअनुसार पूर्ववत् रूपमा सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ।
