
रोल्पा, भदौ २१ । “ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै” भन्ने नारासहित कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक कलेज, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, रोल्पाका विद्यार्थीहरूले हेम्पक्रिट ब्लक निर्माण गरी दिगो निर्माण प्रविधितर्फ नयाँ कदम चालेका छन्।
विद्यार्थीहरूले शैक्षिक गतिविधिसँगै हरित निर्माण प्रविधिमा पनि सक्रियता बढाएका छन्। उनीहरूले हेम्प, चुन र पानीको मिश्रणबाट हेम्पक्रिट ब्लक निर्माण गरेका हुन्। हेम्पक्रिट ब्लकलाई परम्परागत इँटा तथा कंक्रिटको दिगो विकल्प मानिन्छ।
यस्ता गतिविधिले विद्यार्थीलाई सिर्जनशीलता र उद्यमशिलतातर्फ उन्मुख गराएको प्रिन्सिपल जीवन आरसीले बताउनुभयो। यी अभ्यासमार्फत विद्यार्थीहरूले व्यवहारिक सीप सिक्दै, श्रमको महत्व बुझ्दै, पढाइसँगै कमाउने गतिविधिमा समेत अग्रसर भएको उहाँको भनाइ छ।
